काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, जनार्दन शर्मा, कृष्ण बहादुर महरा, पम्फा भुसाललागायतको उपस्थिति रहेको छ भने रामबहादुर थापा बादल,टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायतका नेताहरु अनुपस्थित छन्।
सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिकता दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बसेको हो। बैठकले केपी ओली सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले आइतबार ‘नेकपा’ नामको विवादबारे मुद्दाको फैसला ऋषिराम कट्टेलको पक्षमा सुनाएको थियो । फैसलाले नेकपाको अधिकारीकता ऋषिराम कट्टेल नेतृत्वको पार्टीले पाउने भन्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो ।