काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले दुई दलकाे अधिनायकवाद लाद्ने प्रतिक्रियावादीको गुरुयोजना असफल भएको टिप्पणी गरेका छन् ।
नेकपाले आधिकारिकता पाएकाे सर्वाेच्चकाे फैसलाकाे तीन दिनपछि विज्ञप्ति जारी गरी उनले भनेका छन् ‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरूयोजना अन्तर्गत एकतावद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ ।’