काठमाडौं । सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मंगलबार बसेको जसपाकाे संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो।
कार्यदलमा रहने सदस्यहरूको नाम बुधबार टुङ्गो लाग्ने जसपाका एक सांसदले बताए ।
यसअघिको दुई सदस्यीय वार्ता टोलीमा महेन्द्र ठाकुर पक्षका जसपा नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए ।
जसपाले रेशम चौधरीलाई रिहा गर्ने लगाएतका राजनीतिक मुद्दामा सहमति हुन सके सरकारमा जाने धारणा बनाएको बताइएको छ ।