शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अब जनताहरुले दिन्छन ओलीलाई नै साथ- भुवन पाठक

अब जनताहरुले दिन्छन ओलीलाई नै साथ- भुवन पाठक

भट्टराईको सपना थियो, पुरा गर्ने ओली ।
यस्ता बिकास कती हुन्छन, हेर्दै जाउ भोली ।

काम गर्छु भन्ने हरुलाई, किन गर्छौ गाली ।
बधाई दिनु पर्छ हामीले, बजाउनु छ ताली ।

किन पार्छौ देशलाई बन्दी, तिम्रै जुहारीले ।
मेलम्चीको पानी रोक्या, तिम्रै बुहारीले ।

ठेक्दार संग साठ गाठ गरी,कमिसनको खेल ।
काठमाण्डौमा आयो आज, मेलम्चीको भेल ।

भ्रष्टाचारमा डुब्यो मन्त्री, रोक्यो जानी जानी ।
काकाकुल होइन अब, हुन्छ पानी पानी ।

कमिसनको ओइरो लाग्दा,किन गर्थिन पहल।
महंगा गाढी उनै चढ्थे, उनकै ठुला महल ।

आफ्नै घरमा आगो लगाई, खरानीको ब्यापार 

देशको माया भाको भए, गर्थ्यौ बिकास अपार ।

जंगल बाट सहर पस्यौ, बोक्यौ हुल बथान ।
आफ्नै परिवारको मात्रै, गर्न खोज्यौ उत्थान ।

फेरी पनी चुनाब हुन्छ, माग्न जादा भोट ।
मेलम्चीको पानी रोक्या, देखाइदिन्छन खोट ।

राम्रा कामको लागी सधै, बढाउनुस ति हात ।
अब जनताहरुले दिन्छन, ओलीलाई नै साथ ।
                                भुवन पाठक

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend