२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बिहिवार , जेठ ९, २०८२

बागमती । बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजे हुनेछ ।

बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रवद्र्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आव २०८२–८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल जारी छ ।

दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन

हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा रु ३३ करोड ४४ लाख छ हजार राजस्व सङ्कलन गरेको छ ।

दश महिनामा सम्पत्ति करबाट रु छ करोड ८५ लाख ६८ हजार ९७१, घरबहाल करबापत रु चार करोड ६३ लाख ३५ हजार ८४, नक्सापास दस्तुर रु पाँच करोड ७५ लाख ५८ हजार ५१०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु तीन करोड ५६ लाख २५ हजार सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट