logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • माओवादी केन्द्रद्वारा संगठन निर्माणको योजनालाई ठोस रुप दिन चार सदस्यीय कार्यदल गठन

    माओवादी केन्द्रद्वारा संगठन निर्माणको योजनालाई ठोस रुप दिन चार सदस्यीय कार्यदल गठन

    3K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । 

    बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन शर्मा रहनुभएको नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनले भने ‘स्थायी कमिटीको बैठकले पार्टीको अहिलेको समग्र संगठनात्मक स्थितिको यथार्थलाई अगाडि राखेर अबको संगठन निर्माणको यो योजनालाई ठोस रुप दिन केहीदिन भित्रैमा प्रतिवेदन पेश गर्नेगरी ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल, जनार्दश शर्मा रहनुभएको छ ।’

    बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए । मंगलबार पनि अध्यक्ष प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग थप वार्ता गर्ने जानकारी दिएका थिए भने निर्वाचन आयोगले नेकपा(माओवादी) केन्द्रलाई पठाएको पत्र अध्यक्ष प्रचण्डले बैठकमा पढेर सुनाएका थिए । 

    प्रवक्ता श्रेष्ठले अन्य पार्टीहरुसँग सहमति गरेर निष्कर्षमा पुग्नका लागि गृहकार्य गरिराखेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता गर्ने निर्णय नगरिएको पनि बताए । उनले भने ‘अब अरु पार्टीहरु सँग पनि सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामी गृहकार्य गरिराखेका छौँ । यसबिचमा त्यसैले हामिले समर्थन फिर्ता लिने निर्णय गरेका छैनौँ ।’

    स्थायी कमिटी बैठकले पार्टीको चैत्र २ गते हुने प्रशिक्षणात्मक भेलामा सहभागी हुने नेता कार्यकर्ताको हकमा मापदण्ड निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend