काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनैपनि किसिमको सहकार्य तथा सहयात्रा नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता यादवले यस्तो बताएका हुन् ।
वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्येय भएको उनको भनाइ छ ।
उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्धाहरुलाई समर्थन गर्दछ । संविधान संशोधन लाई अगाडी बढाउँछ । त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा(एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक टेष्ट गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’