२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

राष्ट्रिय युवा संघको सचिवमा अरुण कुँवरको दावेदारी

आइतवार , जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनको बन्दसत्र पोखरामा जारी छ। शुक्रबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त महाधिवेशन बन्दसत्रमा प्रवेश गरेर नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ।

बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयन गर्ने भनिएपनि आकांक्षी नेताहरुबीच सहमति जुट्न नसक्दा निर्वाचनको प्रक्रियामा जाने सम्भावना बढेको छ। अध्यक्षमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा सुदूरपश्चिमका उदयमान युवा नेता अरुण कुँवरले सचिव पदमा आफ्नो उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष समेत रहेका कुँवर युवाहरुमाझ लोकप्रिय मानिन्छन।

खासगरी युवाहरुका मुद्दामा आफुलाई सशक्त उभ्याएका उनले प्रदेश अध्यक्ष हुँदा पार्टीमा युवा आकर्षण बढाउन विभिन्न लोकप्रिय कार्यक्रमहरु पनि ल्याएका थिए।

सुदूरपश्चिमको उदाउँदो युवा नेताका रुपमा स्थापित कुँवरलाई युवा संघका पुर्व अध्यक्ष महेश बस्नेत लगायतका नेताहरुको दरिलो साथ छ। सुदूरपश्चिमबाट पनि केन्द्रीय नेताहरुका विश्वासपात्रका रुपमा चिनिएका कुँवरलाई एक अब्बल दावेदारका रुपमा हेरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट