काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा क्रियाशील सदस्यताका विषयमा छलफल हुनेछ । त्यस्तै, पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएपछि अब के गर्ने भन्नेबारे पनि पदाधिकारी बैठकमा छलफल हुने जनाइएको छ । यस प्रकरणमा लेखकले राजीनामा दिनुपर्ने र दिन नहुने भन्नेमा कांग्रेसका नेताहरूले फरक–फरक धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस