२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

निजी विद्यालयलाई गैरनाफामुलक बनाउनुपर्छ : पूर्वशिक्षामन्त्री श्रेष्ठ

आइतवार , जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन् ।

आईतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी हुन् ।

उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरुबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै नियमनमा कडाइका साथ लाग्नुपर्नेमा उनले जोड दिइन् । मन्त्रालय तयारीका साथ छलफलमा नआएको भन्दै उनले अबको बैठकमा पनि यिनै विषयमा छलफल गरिरहने हो भने आजकै छलफल रेकर्ड गरेर सुनाइदिने कामबाहेक अन्य कुनै छलफल नहुने बताइन् ।

उनले भनिन्, ‘निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन । निजीलाई गैर नाफामूलक बनाउनुपर्छ भन्ने हो । त्यसका लागि १५ वा २० वर्ष कति लाग्छ समय दिउ । निजीको हकहितका लागि हामीले निर्णय गर्नैपर्छ । नियमनको पाटोमा कडाईका साथ तलबदेखि लिएर स्कलरसिपको प्रावधानदेखि लिएर कसरी छलफल गर्ने विषयमा शिक्षा मन्त्रालयलाई वर्क आउट गर्न भनेका थियौं त्यो कहाँ पुग्यो ? यदी मन्त्रालय तयारीका साथ आएन भने भोलिदेखिको समिति बैठकमा आजकै छलफल रेकर्ड गरेर सुनाइदिनेमात्र हो ।’

उनले निजी विद्यालयलाई गैर नाफामुलक बनाउन कति समय लाग्ने भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट