२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

जेठ १३ गते बस्ने संसद बैठक सामान्य तरिकाले चल्न सक्दैन : रास्वपा

आइतवार , जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेठ १३ गतेको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । रास्वपाले जेठ १३ गते बस्ने संसद बैठक सामान्य तरिकाले चल्न नसक्ने जनाएको हो ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले गृहमन्त्री रमेश लेखकले भनेको अपराधमा संलग्नता भएको प्रमाणित भए राजनिती छोड्छु भन्ने बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजनिती छोड्ने नभई जेल जानुपर्ने बताए ।

मंगलबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट