काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट शीर्ष नेताहरूबीच छलफलसुरु भएको हो ।
छलपलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् ।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भईरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस