२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

उमेर हद लागेसँगै ३२ वर्ष पुरा भएका व्यक्ति अनेरास्ववियुको कुनै पनि कमिटीमा पदाधिकारी वा सदस्य बस्न पाउने छैनन् । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् ।

यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला नै राख्नेबारे बहस हुँदै आएको थियो ।

अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ । कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट