२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा

सोमवार , जेठ १३, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न आग्रह गरेको हो ।

“स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रश्स्त गर्नुपर्ने निष्कर्ष निकालेको छ”, उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने । यससँगै बैठकले माओवादीले नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएको छ । बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सोही निर्णयबमोजिम आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ ।

बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न जानकारी दिँदै प्रवक्ता सापकोटाले अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताए ।

“यो अभियान निकै नै प्रभावकारी भएको छ । जनताको उपस्थिति, आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ”, उनले भने, “अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषण गर्न मजबुद आधार तयार गरेको छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट