२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छ : गङ्गानारायण श्रेष्ठ

सोमवार , जेठ १३, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) बाट नेकपा (माओवादी केन्द्र)मा समायोजन भएका नेता गङ्गानारायण श्रेष्ठले समाजवादी क्रान्तिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

सोमबार ललितपुरको ग्वार्कोमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतको क्रान्तिको नेतृत्वको पुष्पकमल दाहालले गरेको बताउँदै फेरि उनकै नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नुपरेको बताए ।

उनले समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्नेमा जोड दिए । श्रेष्ठले कम्युनिस्ट, क्रान्तिकारी, वामपन्थी र प्रगतिशील अग्रगामी सोच राख्नेहरू समाजवादी क्रान्तिको महाअभियानमा लामबद्ध हुनुपर्ने जिकिर गरे । उनले प्रचण्डले नेतृत्व गरेको समाजवादी क्रान्तिले ०८४ को निर्वाचन अगाडी नै देशमा ठूलो राजनीतिक ध्रुविकरण गर्ने र समाजवादको यात्रालाई फराकिलो बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, “हिजो क्रान्तिको नेतृत्वको कमरेड प्रचण्डले गर्नुभयो, आज फेरि अर्को समाजवादी क्रान्ति गर्नुपरेको छ । उहाँको नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नको निम्ति हिजोका तमाम सबै माओवादी लिगेसी बोकेकाहरू जो जो हामी, जहाँ जहाँ छौँ, हामी सबै एकतावद्ध हुनुपर्छ । त्यतिले मात्रै पनि पुग्दैन । हामी कम्युनिस्टहरू, क्रान्तिकारीहरू, वामपन्थी, प्रगतिशील अग्रगामी सोच राख्नेहरू सबै एउटा महाअभियानमा लामबद्ध हुनुपर्छ । त्यसको निम्ति कमरेड प्रचण्डले जसरी भूमिका निर्वाह गरिराख्नुभएको छ, यसले निकट भविष्य अर्थात् ०८४ को निर्वाचन अगाडी नै देशमा ठुलो राजनीतिक ध्रुवीकरण गर्नेछ, समाजवादको यात्रालाई फराकिलो गर्नेछ ।”

माओवादी केन्द्रमा समायोजन भएपछि केन्द्रीय सचिवको जिम्मेवारी प्राप्त गरेका श्रेष्ठले सबै कम्युनिस्टहरू एकतावद्ध भएर नयाँ यात्रामा अघि बढे नयाँ गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट