२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

नेपाल एयरलाइन्सको सुधार बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : परराष्ट्रमन्त्री राणा

सोमवार , जेठ १३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठूलो अवरोध कनेक्टिभिटी रहेको बताएकी छन् ।

सोमबार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । नेपाल एयरलाइन्सको व्यवस्थापनमा सुधार नगरी पर्यटनमा प्रगति गर्न कठिन हुने उनको भनाइ छ । उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको संस्थागत सुधार गर्न आवश्यक रहेको बताइन् । उनले वायुसेवा निगमलाई यही अवस्थामा सञ्चालन गर्न नसकिने उल्लेख गर्दै कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे पसनर्विचार गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘पर्यटन क्षेत्रको विकासको लागि हामीलाई सबैभन्दा धेरै समस्या परेको विषय कनेक्टिभिटी नै हो । म जहाँ पनि जान्छु केनक्टिभिटीको कुरा गर्छु, रुट पनि माग्छु तर मलाई लाग्छ हामी रुट त मागिरहेका छौँ । तर नेपालको प्लेन त चारवटा छ कसको लागि मागिरहेको छु जस्तो लाग्छ । त्यस कारण एकचोटि यो नेपाल एयरलाइन्सलाई पुरै ओभर अलिङ नगर्यो भने गाह्रो छ । पहिला विद्यार्थी हुँदा कुनै पनि एयरलाइन्स नचढेर नेपाल एयरलाइन्स नै चढ्थ्यौँ । अहिले चाँही नेपाल एयरलाइन्स चढ्नलाई व्यवस्थापकीय सुधार हुनुपर्छ । हाम्रो ध्वजावाहक भएको कारण पनि यसलाई कुन मोडलमा राख्ने हो यसको सुधार गर्नैपर्छ ।’

मन्त्री राणाले पर्वतारोहणमा आधारित पर्यटनको विकासका लागि तालिमको व्यवस्था गर्न आवश्यक रहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट