२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

प्रतिपक्ष दलहरूले गृहमन्त्रीकाे राजीनामा आउने स्थिति बनाउँछ : प्रचण्ड

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका हुन् ।

उनले भने, ‘यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । यो सामान्य विषय छैन ।’

भिजिट भिसा प्रकरणले सरकार ढल्ने अवस्था आउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘त्यो त अहिले भन्न सक्दिनँ । तर, कम्तीमा प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा गराउने स्थितिसम्म चाहिँ बन्छ ।’

प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको जानकारी गराउँदै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट