२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

सांसद शर्मालाई समर्थन गर्दै राधा सङ्ग्रौला भन्छिन् : ‘सत्य सधैं तितो हुन्छ, तर हामी सत्यको पक्षमा छौँ’

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । सांसद डा. सुनिल कुमार शर्माले सत्य र न्यायका पक्षमा आवाज उठाउँदै सामाजिक सञ्जालमार्फत एक विचारणीय पोस्ट सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, “युग परिवर्तन गर्न, सत्य र न्यायका लागि लड्न पश्चिमा दर्शनका जनक सुकरातले (Socrates) हेमलट (Hemlock) विष पिएर आधुनिक युगको प्रारम्भ गर्नुभयो। सबैलाई चेतना भया।”

डा. शर्माको उक्त पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला सामाजिक सन्जाल प्रयोगकर्ता राधा सङ्ग्रौलाले त्यसलाई समर्थन जनाउँदै पुन सेयर गरेकी छन्।

उनले सांसद डा. सुनिल कुमार शर्माको विषयमा प्रतिक्रिया दिँदै सत्यको पक्षमा आफूहरू दृढ रहने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत बोल्दै उनले भनिन्, “सत्य सधैं तितो हुन्छ महोदय। जे सत्य छ, त्यसको लागि हामी सबैको साथ र समर्थन रहनेछ, माननीयज्यू।”

उनको भनाइबाट स्पष्ट हुन्छ कि हाल उठिरहेका विषयवस्तुमा सत्यको पक्षमा अडिग रहनुपर्ने आवश्यकता उनले देखेकी छन्। उनले थप उल्लेख गरेकी छन्, “बाइबलको वचनमा यसरी लेखिएको छ – हितोपदेश १२:२२ : ‘परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ।”

सङ्ग्रौला नेपाली कांग्रेस मोरङ क्षेत्र नं. तिनको (क) प्रदेशको सह-सचीव हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट