काठमाडौं । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठक कति बजे, कहाँ बस्ने भन्नेबारे एकिन भइसकेको छैन । माधव नेपाल पक्षले बालुवाटारमा बैठक बोलाइए नजाने निर्णय गरेको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि एमाले ब्युँतिएको थियो। अस्तित्वमा आएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।