शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

 सुनको मूल्यमा गिरावट

 सुनको मूल्यमा गिरावट

काठमाडौं ।आज शुक्रबार नेपाली बजारमा पुन  सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो ।

यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।  यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend