logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डको ठोकुवा : माधव नेपालले एमाले कब्जा गर्छन्, नभए हामीसँगै आउँछन्

    प्रचण्डको ठोकुवा : माधव नेपालले एमाले कब्जा गर्छन्, नभए हामीसँगै आउँछन्

    4.2K
    Shares

    काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल समूहले एमालेमा विद्रोह गर्ने र पार्टी कब्जा गर्ने दाबी गरेका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले अब एमाले एक नरहने दाबी गरेका हुन्। 

    माधव नेपाल लगायतका एमालेका नेताहरु एमाले पार्टीमै फिर्ता भए पनि त्यो पार्टी अब एक नरहने भन्दै प्रचण्डले माधव नेपाल समूहलाई अप्ठेरो पर्ने कुनै कदम नचाल्न कार्यकर्तालाई निर्देशन समेत दिए। 

    ‘पूर्वएमाले साथीहरुबारे निर्णय गर्दा तपाईंहरुले हेडक्वार्टरसँग सम्पर्क गरेर मात्रै निर्णय गर्नुहोला, आफै नटुंग्याउनुहोला, कुनैपनि जिल्लाका हाम्रा गतिबिधिले केन्द्रमा माधवजीहरुलाई पिन्च नहोस् ,’ प्रचण्डले सो कार्यक्रममा भने, ‘किनकी त्यसको ठूलो अर्थ छ, अब एमाले एक रहने स्थिति नै छैन।’

    माधव नेपाल समूहले या त एमाले कब्जा गर्ने या त आफूहरुसँग मिलेर विद्रोह गर्ने उनको भनाइ थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend