काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशन मंसिरमा हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।
बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा बादल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले स्कूल विभागको प्रमुखमा केपी शर्मा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली र संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ तथा विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।
बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।