काठमाडौं । रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई मनोनित गरिएको हाे ।
एमालेको प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीले पाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै, माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।