काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय मुर्खतापूर्ण भएको बताएका छन् ।
ओलीले शुक्रबार आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएका छन् । ओलीको यही कदमलाई नेता भुसालले मुर्खतापूर्ण निर्णय भनेका हुन् । ओलीले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले भने, ‘उहाँले दुई तिहाईको बहुमत र पार्टी एकता सक्नुभयो । संसदलाई हिँडाउन खोज्नुभयो । सक्नलाई एउटा मात्र बाँकी थियो, त्यो हिजोको पार्टी नेकपा एमाले ।’
शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्द्रीय समिति बैठकले नेपाल पक्षले थाहै नदिई सातै प्रदेशका इन्चार्ज तोकेको हो ।
।