काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सकिएकाे बताएका छन् । उनले आज बैठक डाकेर गरेका निर्णयहरुप्रति असन्तुष्टि जनाएका हुन् ।
यो कदमले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको उनको प्रतिक्रिया छ । ओलीले शुक्रबार माधव नेपाल पक्षलाई थाहा नदिइकन पार्टीकाे जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गरेपछि गौतमकाे असन्तुष्टि व्यक्त भएकाे हाे ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजन उत्पन्न भएपछि गौतमले एकताका लागि अभियान सञ्चालन गरिरहेका थिए ।