logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एमालेकाे नेपाल-खनाल पक्षले बाेलायाे केन्द्रीय कमिटी बैठक 

    एमालेकाे नेपाल-खनाल पक्षले बाेलायाे केन्द्रीय कमिटी बैठक 

    3K
    Shares

    काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षले शनिबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    शुक्रबार केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

    शुक्रबार पनि माधव नेपाल र झलनाथ खनाल पक्षीय स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णय अस्वीकार गर्ने निर्णय गरिसकेकाे छ । 

    याे समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।

    शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटी बैठकले पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर गर्नुका साथै पूर्वमाओवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । यसले नेकपा एमालेमा विवाद झन् चर्काएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend