काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो’ भनी टिप्पणी गरेका छन् ।
सरकार गठबन्धनका लागि नेपाली कांग्रेसले कसरत गरिरहेकाे बेलामा सामाजिक सञ्जालमार्फत थापाले यस्ताे टिप्पणी गरेका हुन् ।
उनले ट्वीटमा लेखेका छन् ‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएका हुन् । नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो । त्यही कम्युनिष्टसॅग मिलेर सरकार बनाउन अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छु ।’
गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएका हुन्।नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो,जनतालाई धोका दियो।त्यही असफल/भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो छ।कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्छ
— Kamal Thapa (@KTnepal) March 13, 2021