काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा एमालेमा लागेका आफ्ना सांसदलाई आफ्नो स्थिति स्पष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को २०७७ फागुन २९ गते बसेकाे स्थायी समिति बैठकले गरेकाे निर्णय :
१. माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बाेलाउने ।
२. एमालेकाे कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने ।
३. २०७७ चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।
४. २०७७ चैत्र १ गते हुने केन्द्रीय समितिको बैठक भने यथावत रहेको छ ।
याे पनि : बादलसहित सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन माओवादी केन्द्रकाे निर्देशन