काठमाडौं। सत्ता समीकरणका बारेमा छलफल गर्न जसपाका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छ।
महन्त ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु छलफलका लागि पेरिसडाँडा पुगेका हुन्। छलफलमा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ रहेका छन्।
माओवादी स्थायी कमिटी बैठकलगत्तै पेरिसडाँडा पुगेका नेताहरूबीच भेटावार्ता जारी छ।