काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षकाे स्थायी कमिटी बैठक सम्पन्न भएकाे छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटीकाे बैठक बसेकाे हाे ।
बानेश्वरस्थित अर्याल होटलमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको हाे । यसअघि अर्याल हाेटलमा नै केन्द्रीय कमिटीकाे बैठक बस्ने भनिए पनि अब केन्द्रीय कमिटीकाे बैठक भने शंखमुलकाे एक क्याफेमा बस्ने जनाइएकाे छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार माधव पक्षलाई थाहै नदिइ महाधिवेशनको मिति तोक्नेदेखि विभिन्न कमिटी पुनर्गठन एवम् विस्तार गरेपछि विवाद झन् चर्केकाे छ ।