काठमाडौं। नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरुबीचको छलफल सकिएको छ।
बैठकमा नयाँ सत्ता समीकरणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
सत्ता समीकरणका बारेमा छलफल गर्न जसपाका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा गएका थिए।
जसपा नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुरलगायतका नेताहरु पेरिसडाँडा पुगेका थिए। छलफलमा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ रहेका थिए।