logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेकपा एमाले नेपाल पक्षले ताेक्याे सातै प्रदेशका इन्जार्ज

    नेकपा एमाले नेपाल पक्षले ताेक्याे सातै प्रदेशका इन्जार्ज

    2.2K
    Shares

    काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । शनिबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको केन्द्रीय सदस्यहरुको बैठकले कमिटी विस्तार गरेकाे हाे ।

    शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णयमार्फत नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि उनीहरुले पनि समानान्तर कमिटी विस्तार गरेका हुन् । 

    नेपाल–खनालद्वारा विस्तारित कमिटी अनुसार प्रदेश १ को संयोजनमा भीम आचार्य, प्रदेश २ को संयाेजनमा घनश्याम भुसाल, वागमती प्रदेशको संयाेजनमा अष्टलक्ष्मी शाक्य, गण्डकीको संयाेजनमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीको संयाेजनमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल रहेका छन् ।

    युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागमा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend