काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलले संविधान जारी गरेकाे मिति बिर्सिएका छन् । शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आयाेजना गरेकाे कार्यक्रमका अवसरमा ओलीले २०७३ साल जेठ ३ गते संविधान जारी भएकाे दाबी गरे ।
सम्बाेधनमा महिलाहरुकाे संघर्षकाे तारिफ गर्दै ओलीले भने ‘पहिलाे पटक म प्रधानमन्त्री भएकाे बेला २०७३ साल जेठ ३ मा जुन संविधान जारी गर्याैँ त्यस संविधानमा नै हामीले विदुषी योगमाया आयुर्वेद विश्व विद्यालय भनेर विश्व विद्यालयकाे घाेषणा गर्याैँ । अहिले त्यसकाे स्थापना गठनादेश भएर विश्वविद्यालय अगाडि बढीरहेकाे छ ।’
२०७२ साल असोज ३ गते नेपालकाे संविधान जारी भएको थियो ।
प्रधानमन्त्री भन्छन् हामीले २०७३ साल जेठमा संविधान जारी गर्याैँ pic.twitter.com/lKGSWMPOOW
— Sunaulo Nepal (@Sunaulo_npl) March 13, 2021