logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सक्नेले हटाए हुन्छ, २० महिनापछि दुई तिहाइ बहुमतसहित फर्किन्छाैँ : प्रधानमन्त्री ओली 

    सक्नेले हटाए हुन्छ, २० महिनापछि दुई तिहाइ बहुमतसहित फर्किन्छाैँ : प्रधानमन्त्री ओली 

    2.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हटाउन चुनाैति दिएका छन् । उनले अहिले हटाए पनि अबकाे २० महिनापछि फेरि दुई तिहाई बहुमतसहित आउने दाबी पनि गरेका छन् । 

    अखिल नेपाल महिला संघको राष्ट्रिय भेला संबाेधनका क्रममा शनिबार प्रधानमन्त्री ओलीले भने ‘२०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरबार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूलगेटबाट भित्र पस्छ ।’

    उनले आफूबाहेक अरू कोही पनि प्रधानमन्त्री हुन योग्य नरहेको समेत दाबी गरेका छन् ।

    उनले भने ‘हामी कसैकहाँ निवेदन हाल्न जाँदैनौ । किनकि, हामीबाहेक अरू कुनै पार्टी र नेता नै त्यसको लायक छैन । कुनै नेताको सोच नै विकास र समृद्धि गर्ने छैन । कुनै नेताले भाषणमा पनि विकासका कुरा गरेका छैनन्।  त्यसैले हाम्रो विकल्प छैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend