logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • शरीरमा किन हुन्छ रगतको कमी ?

    शरीरमा किन हुन्छ रगतको कमी ?

    19.9K
    Shares

    सामान्तया रगत तरल र ठोस पदार्थ गरी विभिन्न तत्वहरुले बनेको हुन्छ । जस्तै, रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेस, प्लाज्मा र प्रोटीनहरु हुन्छन् , रगत जमाउने तत्व र रगत पातलो बनाउने तत्व आदी विभिन्न तत्व मिलेर बनेको हुन्छ । यस्तै शरीरमा विभिन्न कारणले गर्दा रगतको कमी हुने गर्दछ, जसमध्ये एनिमिया मुख्य हो । 

    एनिमिया राता रक्तकोष अर्थात हेमोग्लोबिनको कमीका कारण हुने गर्दछ । रगतमा हेमोग्लोबिनको कमी हुदाँ उच्च रक्तचाप, पोषण, फोलेट र भिटामिन बि को कमी, आन्तरिक रक्तश्राव आदी समस्याहरु देखिन्छन्। नेपालमा अधिंकास व्यक्ति एनिमियाबाट प्रभावित भएको पाइन्छ । 

    कसरी थाहा पाउने ?
    अत्यधिक थकान महसुस हुनु एनिमियाको प्रमुख लक्षण हो । सामान्यतया हेमोग्लोबिनले कोषहरुमा अक्सिजन पुर्याउने काम गर्दछ । हेमोग्लोबिनको कमी हुदाँ कोष वृद्धिमा समस्या हुने, श्वास प्रश्वासमा समस्या हुने गर्दछ । शरीर कमजोर हुदै जाने, जोश जाँगर हराएर जाने, धड्कनमा परिवर्तन आउने जस्ता लक्षण देखिन्छन् ।बिस्तारै डिप्रेसन , हुदयघात र प्रतिरोधी क्षमतामा कमी आउने हुन्छ । 

    कारण

    शरीरमा पोषणको कमी हुनु एनिमियाको मुख्य कारण हो । शरीरमा आवश्यक हेमोग्लोबिनको आपुर्ति नहुनु, आवश्यकता बढ्नु र शरीरबाट रगत बग्नु यसका मुख्य कारक तत्व हुन् । हेमोग्लोबिनको आपुर्ति नहुनु अर्थात आइरन जस्ता पौष्टिक तत्वको अभावले एनिमिया हुने गर्दछ । यस्तै आन्द्रामा घाउ हुनु, नियमित ग्याष्टिकको औषधी खानु आदीले गर्दा समेत हेमोग्लोबिनको आपुर्ति हुदैन । 
    कतिपय समयमा  शरीरलाई हेमोग्लोबिनको मात्रा बढी आवश्यक पर्दछ । जस्तै संक्रमण हुनु, गर्भवति हुदाँ, बच्चाको वृद्धि विकाशको समय, वृद्ध अवस्था जस्ता अवस्थामा रगतको मात्रा परिपुर्ति नहुदाँ एनिमियाको समस्या हुने गर्दछ । 
    एनिमियाको अर्को मुख्य कारण  शरीरबाट रगत बग्नु हो । महिनावारीको समयमा बढी रगत बग्नु, अन्य कारणले रगत बग्नु र ग्यास्टिकले एनिमिया हुन्छ । 

    कसरी हुन्छ शरीरमा हेमोग्लोबिनको आपुर्ति ?

    हेमोग्लोबिनको मात्रामा सामान्य असुन्तुलन हुदाँ पनि शरीरमा आइरनको कमी हुने सम्भावना बढेर जान्छ । यसबाट बच्नका लागी आइरनयुक्त खाद्यपदार्थ खानु्पर्छ । 
    यस्तै एनिमियाको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । शरीरबाट रगत बगेर समस्या भएमा रगत परिपुर्तिका लागी रगत नै दिनुपर्ने हु्न्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend