logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यस वर्षको ९३ औँ ओस्कार नमिनेसन निक र प्रियंकाले घोषणा गर्ने

    यस वर्षको ९३ औँ ओस्कार नमिनेसन निक र प्रियंकाले घोषणा गर्ने

    4.4K
    Shares

    अभिनेत्रि  प्रियंका चोपड़ा जोनस र उनका पति गायक निक जोनसले यस वर्षको ९३ औँ ओस्कार नमिनेसनको नाम घोषणा गर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ ।

    उनीहरुले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् । दुई भागमा प्रस्तुत गरिने मनोनयन प्रियंका र निकले ‘लाइभ एक्सन’ अन्तर्गतका २३ विधाका फिल्मको मनोनयन सार्वजनिक गर्ने भएका छन् ।

    प्रियंकाले १५ मार्च बिहान ५ बजेर १९ मिनेटमा प्यासेफिक डे–लाईट टाइम मा ओस्कार नोमिनेसन हुने बताएकी छिन् र यस  घोषणा गर्नका लागि उनी निकै उत्साहित रहेको पनी बताएकी छिन् । 

    यस  अस्करको नयाँ नोमिनेसन संस्करणमा ‘नमडल्यान्ड’, ‘ट्रायल अफ दि सिकागो’ ‘प्रमिसिङ योङ वुमन’ले धेरै विधामा मनोनयन पाउने अपेक्षा गरिएको छ । हेरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको ओस्कार अर्वाड यो वर्ष भने कोरोनाका कारण आउदो एप्ररील २६ मा हुने भएको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend