२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

‘सेवा निवृत्त कर्मचारिलाई राज्यले विभेदकारी व्यवहार गर्यो, माग सम्बोधन नगरे आन्दोलन गर्न बाध्य हुनेछौं’

शनिवार , जेठ १८, २०८२

काठमाडौं । सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले विभेदकारी व्यवहार गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वहालवाला कर्मचारीहरुलाई ५ हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको गुनासोसमेत गरेका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्तहरुले गर्ने संघर्षमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका छन् । श्रेष्ठले सरकारले सेवा निवृत्त राष्ट्र सेवकहरुको सेवासुविधा

नबढाई उपेक्षा गरेमा आफूहरुले कडा संघर्ष गर्ने चेतावनी पनि दिए ।

त्यसैगरी सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले नियम अनुसार हरेक ३/३ वर्षमा तलब वृद्धि हुनुपर्नेमा ४ वर्ष वितिसक्दा पनि सरकारले तलब वृद्धि नगर्नु दुःखद भएको बताएका छन् । वहालवाला कर्मचारीहरुलाई थप भत्ता दिएर ‘ललिपप’ देखाएको बताउँदै पाण्डेले भने,“निवृत्त राष्ट्रसेवकको उर्जाशील जीवनभरी राष्ट्रलाई गरेको योगदानको अबमूल्यन गरेको छ, यदि समयमै हाम्रो पेन्सन वृद्धि वा विशेष व्यवस्था नगरे हामी संघर्ष गर्न बाध्य हुनेछौं ।”

सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका महासचिव विनोद थापाले निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको सेवा–सुविधा नियोजितरुपमा वृद्धि नगरिएको भन्दै त्यस विरुद्ध आफूहरु संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले कर्मचारीहरुलाई वेवास्ता गर्ने तर मन्त्री, सांसद तथा उच्चपदस्थहरुको सेवासुविधा बढाउने सरकार गैर जिम्मेवार भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा सेवा निवृत्त राष्ट्रिय संगठनका सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्ष द्वोय मित्रप्रसाद खतिवडा र रमा घिमिरे लगायत कोषाध्यक्ष बयान बहादुर कार्की लगायत कार्यसमिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ