logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चर्चित अभिनेत्रि एन्जेलिना जोलीको फिटनेस टिप्स

    चर्चित अभिनेत्रि एन्जेलिना जोलीको फिटनेस टिप्स

    3.5K
    Shares

    हलिउड जगतका चर्चित अभिनेत्री मध्य एन्जेलिना जोली एक हुन् । ४५ वर्षिय जोलीको विवाह हलिउड एक्टर ब्राड पिटसँग भएको थियो । जोली ६ सन्तानकी आमा हुन्, जसमध्ये तिनजना धर्मपुत्र हुन् । उनलाई  कडा परिश्रम र साहसी महिलाको रुपमा चिनिने गरिन्छ । क्यान्सरको पारीवारीक इतिहासका रहेकी उनलाई स्तनको क्यान्सर भएको थियो । त्यस सँगै उनले स्तन  र ओभरीलाई नै निकालेर क्यान्सरमुक्त भएकी थिइन् ।

    उनको प्रेरणादायी कथा लारा क्रफ्टः टम्ब राइडर नामक चर्चित फिल्म सन् २००१ मा  रिलिज भए सँगै यस कुराको जानकारी बाहिर आएको थियो । हालै हलिउड लाइफ सँगको अन्तर्वातामा जोलीले उनको फिटनेस बारे खुलेर कुरा गरेकी छिन् ।  ४५ वर्षिय जोली काम सँगै आफुलाई फिट देखाउन अझै पनि सक्षम छिन्  ।

    angelina-jolie-revenge-dress-3.jpg

    डाइट
    जोली फिट रहनुको रहस्य उनले नियमित सेवन गर्ने भोजनलाई मुख्य मानिन्छ । उनले सधै पुरानो अन्न मात्रै सेवन गर्ने गर्दछन् , जसमा विभिन्न किसिमका नट्स र अन्न, तरकारी आदीका बिउहरु समावेश हुन्छन् । फाइबर युक्त यस्ता खानेकुराले शरीरलाई स्वस्थ राख्न, पाचन प्रणाली बलियो बनाउनुका साथै छालालाई चम्किलो बनाउँदछ । उनले प्रत्येक दिन ब्रेकफास्टमा ६०० क्यालोरी युक्त खानेकुरा खाने गर्छिन  । यस्तै खानामा थोरै मासु, अर्गानिक फलफुल, तरकारी र नट्सहरु खाने गर्दछिन् । 

    angelina-jolie-revenge-dress-5.jpg

    जीम 
    जोली हरेक सोमबार देखि शुक्रबार सम्म रुटिन अनुसार जीम जाने गर्दछिन्् । उनी विशेष प्रकारको जीम सर्किट प्रशिक्षण लिने गर्दछिन्, जुन शरीर सन्तुलन, शक्ति र कार्डियो संग सम्बन्धित हुन्छ । उनी प्रख्यात ट्रेनर गुननर पीटरसन दाद्धा डिजाइन गरीएको सपर्कट टे्रनिङमा सहभागी हुन्छिन् । यसले गर्दा जोलीले आफ्नो फिगर चाहेजस्तो मेन्टेन गर्न सक्षम छिन् ।

    angelina-jolie-revenge-dress-6.jpg

    अभ्यास
     एन्जेलिना जोलीले पफेक्ट हलिवुड फिगर बनाइराख्नका लागी प्रत्येक दिन २ घण्टा अभ्यासमा व्यस्त रहन्छिन् । पाँच दिन सम्म  प्रशिक्षकको प्रत्यक्ष निगरानीमा अभ्यास गर्दा उनले मांसपेशी र हड्डीहरुलाई विशेष ध्यान दिने गरेकी छन् । जसले गर्दा उनलाई अभिनय गर्दा एकदमै सजिलै हुन्छ । उनले यसमा किकबक्सिक, स्कुवा डाइभिङ, हतियारको ट्रेकिङ, कायकिङ र योगा आदी अभ्यास गर्ने गर्छिन् । 

    angelina-jolie-revenge-dress-10.jpg

    कम तौल
    जोली फिट रहन सधै तौल कम गर्ने गर्दछिन् । कम क्यालोरीयुक्त खाना र बच्चालाई दुध खुवाउनुलाई उनको कम तौलको कारण मानिन्छ । यसबाहेक उनले तौल मेन्टेन गर्नका लागी फलफुल र तरकारीको अत्यधिक प्रयोग गर्ने गर्दछिन् । 

    angelina-jolie-revenge-dress-8.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend