२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

भरतपुर महानगरद्धारा ताराखोला गाँउपालिकासहित देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम

सोमवार , जेठ २०, २०८२

चितवन । मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।

पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मेतेरी सम्बन्धको लागि प्रस्ताव आए उल्लेख गरिन् ।

प्रस्तावहरु क्रमशः कार्यापालिकाबाट पारित गरी भगिनी सम्बन्धहरु कायम गर्ने कार्यलाई अगाडि बढाइएको उनले जानकारी दिइन् ।

भगिनी सम्बन्ध कायम भएसँगै दुई पालिकाले गरेका असल अभ्यासको आदनप्रदानले थप रचनात्मक कार्य गर्न सहयोग पुग्ने उनको भनाई छ ।

भरतपुर महानगरले पोखरा महानगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, धुरकोट गाँउपालिका, रुरुक्षेत्र गाँउपालिका, राप्ती गाँउपालिका, पचाल झरना गाँउपालिका, माडी नगरपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र ताराखोला गाँउपालिका बागलुङबीच भगिनी सम्बन्ध कायम भएको छ ।

पछिल्लो समय भगिनी सम्बन्धको प्रस्तावसँगै विभिन्न पालिकाबाट अनुभव आदनप्रदान गर्न मासिक एक दर्जन पालिका भरतपुर आउने गरेका छन् ।

महानगरपालिकाले विगत ८ वर्षको अवधिमा एक हजार किमी सडक कलोपत्रे गरिसकेको छ । यस्तै प्राकृतिक वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशभरका महानगर मध्ये लगातार ३ वर्ष प्रथम भएपछि भरतपुरको चर्चा चुलिएको छ ।

भरतपुर महानगरपालिका बरुजु फर्छयौटमा देशको अब्बल पालिकाको रुपमा स्थापित छ । महानगरपालिकाले बरुजु रकम शुन्यमा राखेको छ ।

बागलुङको ताराखोला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र बागलुङको ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर विकले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको छ । गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरे ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

समझदारी पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।

भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुने बताइन् । त्यस्तै उनले दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने उल्लेख गरिन् ।

बागलुङको ताराखोला गाउँपालिका अध्यक्ष विकले भरतपुर महानगरबाट यहाँका असल अभ्यासको सिकाई गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गरे । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट