logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गायक अलि जाफरमाथि यौन उत्पीडनको आरोप लगाएकी  मिशालाई अदालतले दियो तीन वर्षको जेल सजाय

    गायक अलि जाफरमाथि यौन उत्पीडनको आरोप लगाएकी  मिशालाई अदालतले दियो तीन वर्षको जेल सजाय

    3.1K
    Shares

    पाकिस्तानी गायक अलि जाफरमाथि गायिका मिशा शफीले केही दिनअघि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । उनले अलि जाफरमाथि लगाएको आरोप अदालतले  खारेज गरिदिएको छ ।

    यससँगै अलिले मिशासमक्ष क्षतिपूर्तिका लागि माग गर्दै मानहानीको मुद्दा समेत उठाएका छन् । अदालतले मिशा शफीलाई तीन वर्षको जेल सजाय  सुनाएको हाे । यसका लागि नायिकाले सरकारमाथि प्रश्न उठाएकी छिन् ।

    मिशाले लगाएको आरोपपछि  उनको करियरमा ठूलो क्षति पुग्ने अलीले बताएका छन् ।

    अलीले आफूलाई उनको घरको रेकर्डिङ स्टुडियोमा गलत व्यवहार गरेको आरोप मिशाले लगाएकी थिइन् । तर अलीले नायिकाको उक्त आरोप पूर्ण रुपमा अस्वीकार गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend