काठमाडाैं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालको नेतृत्वमा पार्टीका दुई समूहबीच पार्टी कार्यालयमा छलफल सम्पन्न भएकाे छ ।
प्रधानमन्त्री ओलीले पछिल्लो घट्नाक्रम र पार्टीमा देखिएका विवादबारे छलफल गर्न वरिष्ठ नेता नेपाललाई बोलाएपछि नेताहरु धुम्बाराहीस्थित एमालेको पार्टी कार्यालय पुगेका थिए ।
वार्तामा नेपाल पक्षले फागुन २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । नेपालपक्षीय नेता रघुजी पन्तले भने, ‘आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेका छाैँ । तर प्रधानमन्त्रीबाट ठोस जवाफ आएकाे छैन ।’