logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ६३ औँ ग्रामी अवार्डमा महिला कलाकारको वर्चस्व

    ६३ औँ ग्रामी अवार्डमा महिला कलाकारको वर्चस्व

    3.8K
    Shares

    गीतसंगीत विधाको सबैभन्दा ठूलो मानिने ग्रामी अवार्डको ६३ औं संस्करण हिजो आइतबार अमेरिकामा सम्पन भएको छ । यस ग्रामीमा सहभागीता जनाउनका लागि कोरोना महामारीका बीच पनि थुप्रै कलाकारको उपस्थिति रहेको थियो । जसमा महिला कलाकारहरुले यस पटको अवार्डमा थुप्रै रेकर्ड बनाएका छन् । 

    ६३ औं ग्रामीमा महिलाले धेरै अवार्ड जित्ने मामलामा पनि ऐतिहासिक बनेको  छ । बियोन्सी र टेलर स्विफ्टसँगै यो पालि थुप्रै महिला कलाकारले नयाँ रेकर्ड राखेका छन् । यो सालको ग्रामी विशेष बन्यो गायिका बियोन्सी र टेलर स्विफ्ट लागि । २८ औँ अवार्ड जितेसँगै बियोन्सी ग्रामीको इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने महिला बनिन् ।

    त्यसै गरि टेलर स्विफ्ट तीन पटक एल्बम अफ दि इयर जित्ने पहिलो कलाकार बनिन् । यस अघि पनि टेलरले २० वर्षकै उमेरमा पहिलो एल्बम ‘फियरलेस’का लागि उत्कृष्ट एल्बमको उपाधि जितेर सबैभन्दा कम उमेरमा यो विधाको अवार्ड जित्ने कीर्तिमान राखेकी थिइन् । २८ ग्रामी जित सँगै बियोन्सी पुरुषको समेत हिसाब गर्दा धेरै ग्रामी जिते कलाकारको दोस्रो स्थानमा छिन् । ३१ ग्रामीसहित पहिलो नम्बरमा भने जर्ज सोल्टी रहेका छन् ।  

    यसै गरि यो वर्ष बिल्ली एलिस र मेगन दि स्टेलनले पनि आआफ्नो विधामा अवार्ड हात पारे । मिरान्डा लाम्बार्टले उत्कृष्ट कन्ट्री एल्बमको अवार्ड जित्न सफल भईन् । पप गायनमा दुवा लिपाले र हरले रेकर्ड अफ दि इयरको अवार्ड जितिन् । कार्यक्रम दुवा लिपा, कार्डी बी, बिल्ली एलिस, ब्याड बन्नी आदिले दमदार गीत प्रस्तुत गरेका थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend