२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पर्यटन मन्त्री ठकुरीको पहल : चितवन पर्यटकीय गन्तब्य, दोलखामा फिल्म सिटी

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले मन्त्रालय सम्हालेको एक वर्ष पुग्न लागेको छ। आगामी साउनमा उनको एक वर्षे कार्यकाल पूरा हुँदैछ। यस अवधिमा ठकुरीले नेतृत्व गरेको मन्त्रालयले विभिन्न कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्दै प्रदेशको पर्यटन र संस्कृतिक क्षेत्रलाई गति दिने प्रयास गरेको छ।

मन्त्री ठकुरीको नेतृत्वमा मन्त्रालयले पर्यटन ऐन संशोधनदेखि लिएर साहसिक पर्यटन प्रवर्द्धन, हेटौंडालाई साइकल सिटीको घोषणा, धादिङमा साहित्य महोत्सव र पर्यटन भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न गरेको छ।

भ्रमणका क्रममा विभिन्न स्थानको वस्तुस्थिति बुझ्दै मन्त्रालयले आगामी बजेटको प्राथमिकता निर्धारण गरेको छ। नीति तथा सिद्धान्तअनुसार अगाडि बढ्ने रणनीतिमा मन्त्रालय रहेको मन्त्री ठकुरी बताउँछन्।

यसै क्रममा मन्त्रालयले चितवनलाई 'पर्यटकीय गन्तव्यस्थल' घोषणा गरेको छ। यो योजना बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भई पारित भइसकेको छ। यस्तै, दाेलखा जिल्लामा 'डाङडुङे फिल्म सिटी' निर्माणको योजना समेत प्रदेश सरकारले अघि सारेको छ, जसमा केन्द्र सरकारले समेत बजेट छुट्याइसकेको छ।

मन्त्री ठकुरीको नेतृत्वमा मन्त्रालयले पर्यटन ऐन संशोधनदेखि लिएर साहसिक पर्यटन प्रवर्द्धन, हेटौंडालाई साइकल सिटीको घोषणा, धादिङमा साहित्य महोत्सव र पर्यटन भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न गरेको छ।

प्रदेश र स्थानीय सरकारबीच साझेदारी कार्यक्रमहरू समेत अघि बढाइएका छन्। उदाहरणस्वरूप, चितवनको हरियाली पार्कमा ६०–४० को लगानी साझेदारीमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ। मन्त्री ठकुरीका अनुसार यस्ता १५ कार्यक्रमहरू मन्त्रालयले तयार पारेको छ, जुन आगामी बजेटमा प्रस्तुत गरिनेछ।

राजनीतिक रूपमा पनि मन्त्री ठकुरी प्रभावशाली देखिन्छन् । उनी सांसदकै हैसियतमा रहँदा आर्थिक वर्ष २०८०/८१ मा आफ्नो क्षेत्रका लागि ५५ करोड रुपैयाँ बजेट ल्याउन सफल भएका थिए।

को हुन् बिमल ठकुरी ?

बिमल ठकुरी नेपाली कांग्रेसका नेता हुन्। काठमाडौं क्षेत्र नं. ३(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी १२ साउन २०८१ मा मुख्यमन्त्री बहादुर सिंह लामाद्वारा मन्त्री नियुक्त भएका थिए। गोकर्णेश्वर नगरपालिकास्थित बेसीगाउँका बासिन्दा ठकुरी विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।

उनी आफ्नो राजनीतिक जीवनलाई सेवाको रूपमा लिने र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट