logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाल–खनाल पक्ष आफ्नै तरिकाले अगाडि बढ्ने 

    नेपाल–खनाल पक्ष आफ्नै तरिकाले अगाडि बढ्ने 

    3.3K
    Shares

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सोमबार भएको अनौपचारिक छलफलले ठोस निश्कर्ष निकाल्न नसकेपछि नेपाल–खनाल पक्षले आफ्नै  तरिकाले अगाडि बढ्ने निर्णय गरेको छ ।

    सोमबार धुम्बाराहीमा भएको छलफलमा नेपाल–खनाल पक्षले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि ओलीले गरेका सबै निर्णय आफूहरुलाई अमान्य रहेको भन्दै ओली उक्त निर्णयबाट पछि हट्नुपर्ने माग गरेको थियो । तर ओलीले विशेषगरि फागुन २८ मा गरेको निर्णयबाट पछि नहट्ने अडान लिएका थिए ।  

    धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । सो बैठकले केपी ओलीले एकलौटी रुपमा गरेको निर्णयबाट पछि नहट्ने अडान लिएपछि आफूहरुले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने र यस्तै अवस्थामा चैत ७ मा बोलाइएको केन्द्रीय समिति बैठकमा पनि सहभागी नहुने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताए ।  

    यसका साथै सो पक्षले ओलीले मंगलबार बालुवाटारमा  बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend