काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चुनावका बेला प्रचण्ड नेतृत्वको पार्टीमा विलिन हुने रणनीति माधव नेपाल पक्षको रहेको आरोप लगाएका छन् ।
मंगलबार समाजिक सञ्जालमार्फत बाँस्काेटाले यस्ताे आराेप लगाएका हुन् । प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच सोमबार वार्ता भएकाे थियाे । वार्ता सकारात्मक नभएपछि बाँस्कोटाले एमालेमा बस्न टिक्न दिइएन भनेर चुनावकाे बेलामा प्रचण्डकाे पार्टीमा विलिन हुने रणनीति माधव पक्षकाे रहेकाे आराेप लगाएका हुन् ।
उनले ४ गतेकाे भेला किन ? भन्ने प्रश्न पनि गरेका छन् ।
उनले लेखेका छन् ‘माधव रणनीति स्पष्ट छ, गुट भेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०/२० जनाले फ्लो क्रस गरेर कारवाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिइएन भनेर कुर्लिने र चुनावछेक नेपाल कम्फरटेबल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुनुपर्छ जो अझै अलमलमा छन् । नत्र ४ गते भेला किन ?
माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?
— Gokul Prasad Baskota (@GokulPBaskota) March 16, 2021