logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अन्तर्राष्ट्रिय खेल चलिरहेका बेला सभापति देउवाको भूमिका रहस्यमयी : पौडेल

    अन्तर्राष्ट्रिय खेल चलिरहेका बेला सभापति देउवाको भूमिका रहस्यमयी : पौडेल

    2.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको अहिलेको उदासिनता रहस्यमयी रहेको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता दिनदिनै बढिरहेकाले माओवादी केन्द्र र जसपासँग मिलेर उनलाई हटाई नेततृत्व लिन आग्रह गरे पनि देउवा मौन रहेकोमा उनले प्रश्न उठाएका हुन् । 

    ‘मैले महामन्त्री शशांक कोइराला निवासबाट फोन गर्दै माओवादी केन्द्र र जसपाको सहयोग लिएर केपी शर्मा ओली सरकार ढलाउन र नेतृत्व लिन देउवाजीलाई आग्रह गरेको थिएँ,’ पोखरामा मंगलबार नेपाल प्रेस युनियन कास्कीले गरेको एक कार्यक्रममा बोल्दै पौडेलले भने, ‘हाम्रो सभापतिजीको अहिलेको उदासिनता रहस्यमय लागिरहेको छ।’ उनले पार्टीलाई ढुलमुले र अनिर्णयको बन्दीजस्तो बनाउन नहुने पनि बताए ।

    ‘यहाँ थरीथरीका राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलहरु चलिरहेका छन् । हामी राजनीतिक दलहरुले खेल अरुको हातमा जान दिनु हुँदैन । हाम्रो देशको संविधान, प्रणालीको रक्षा हामी आफैँले गर्नुपर्छ,’ उनको भनाइ छ, ‘हाम्रो पार्टीलाई पनि अनिर्णयको बन्दीजस्तो भन्ने आरोप लाग्न थालिसकेको छ।’

    प्रतिनिधि सभा विघटनपछि प्रदेश १ र बागमतीमा तत्कालीन नेकपा नेतृत्वको सरकारकै विरुद्ध अविश्वास प्रस्ताव आएको र त्यसैबेला आफूले त्यहाँका सरकार गिराइदिन सभापति देउवालाई आग्रह गर्दा पनि उनले नसुनेको पौडेलले बताए ।  ‘जसपा नेतालाई केपी ओलीले जे–जे आश्वासन दिएका छन् त्यो पूरा गरिदिने सहमति गरेर यो सरकार ढलाइदिऔं भनेर मैले भनेको हो तर उहाँ मौन हुनुहुन्छ’ पौडेलले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend