logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नारायणहिटी संग्रहालयभित्र रहेको हलमा बसेर अब सर्वसाधारणले फिल्म हेर्न पाउने

    नारायणहिटी संग्रहालयभित्र रहेको हलमा बसेर अब सर्वसाधारणले फिल्म हेर्न पाउने

    4.4K
    Shares

    पुर्व राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्यापछि २०५८ सालदेखि नारायणहिटी संग्रहालयभित्र रहेको हल बन्द अवस्थामा थियो। अब पुर्ण बैशाखबाट हल सरसफाइ र रंगरोगन गरेर सञ्चालनमा ल्याउनेतयारि भइरहेको छ। यस सँगै  सर्वसाधारणले पनि नारायणहिटी संग्रहालयभित्र रहेको हलमा फिल्म हेर्न पाउने भएका छन् ।

    यस हलमा सर्वसाधारणले नेपाली हिन्दी ,फिल्म तथा डकुमेन्ट्रीहरु हेर्न पाउने बताइएको छ ।दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिलहरू प्रोसेसिङ गर्ने काम भइरहेको बताइएको छ । ०५८ सालदेखि थन्किएर बसेका रिल धेरै जसो चल्ने अवस्थामा रहेको र त्यसलाई प्रोसेसिङ गरि डिजिटल सिस्टममा कन्भड गरिने छ । यस हलमा ११६ वटा सिट रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend