२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हन्छ : शिक्षामन्त्री पन्त

शनिवार , जेठ २५, २०८२

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँगको सहमतिअनुसार आगामी असार १५ गतेसम्ममा शिक्षा विधेयक पारित हुने दाबी गरेका छन् । काठमाडौंमा प्रारम्भिक बाल विकाससम्बन्धी परामर्श कार्यक्रममा बोल्दै विधेयक पारित गर्न तीव्रताका साथ काम भइरहेको बताए ।

उनले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ । आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ । विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको छ ।’

उनले सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

शिक्षामन्त्री पन्तले थपे, ‘समय सापेक्ष कानून संशोधन गर्दै जाने हो, युगको आवश्यकताअनुसार सम्बोधन गर्दै जानुपर्छ । संविधानको मर्म र अर्थतन्त्रले धान्नसक्ने माग सम्बोधन हुन्छ । जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा नौ बुँदे सहमति नगद हो भनेको थिएँ, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ । उहाँहरुका जायज माग सम्बोधन हुन्छ ।’

मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्नसक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ