काठमाडौँ । प्रतिनिधिसभा बैठक भोलि (सोमबार)सम्मका लागि स्थगित भएको छ । आइतबार पटकपटक सरेको प्रतिनिधि सभाको बैठक साढे ६ बजे सुरू भएको थियो ।
बैठक सुरू हुनासाथ आज पनि विपक्षी दलहरूले अवरोध गरेपछि सोमबारसम्मका लागि स्थगित भएको हो ।
संसदमा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् भोलि दुई बजेसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस