काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
आज पनि विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।
विपक्षीको अवरोधपछि नियमित कार्यसूचीमा सदनलाई लैजान दलहरूलाई सहमति जुटाउनको लागि भन्दै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस